arrow

नेविसंघको महाधिवेशन हुने नै भयो; पार्टीले बनायो ५ जनाको निर्देशन समिति

logo
प्रकाशित २०७३ साउन १० सोमबार
NSU-Flag.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको भातृसंस्था नेबिसंघका महाधिवेशन हुने अब लगभग पक्का भएको छ। यसका लागि पार्टीले निर्देशन समिति पनि वनाएको छ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संघको महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई यथासक्य सहयोग पुर्‍याई आवश्यक निर्देशन समेत गर्न नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जित) को धारा २४ (६) बमोजिम निर्देशन समिति बनाएका हुन। 
 
निर्देशन समितिका संयोजकमा पार्टीका केन्द्रीय डा. प्रकाशशरण महत रहेका छन्। उनको संयोजकत्वमा केन्द्रीय सदस्यहरु तथा नेबिसंघका पूर्व अध्यक्षहरु किशोरसिंह राठौर, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहेका छन्। साउन ९ गते गठन भएको नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको बारेमा पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार जानकारी गराएका हुन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ