arrow
ADVERTISEMENT

डिसहोम रिचार्ज गर्ने ग्राहकलाई निःशुल्क इन्टरनेट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
dishhome-free-internet-2078.jpg

काठमाडौँ। नेपालको एक मात्र डीटीएच सेवा प्रदायक कम्पनी डिसहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ। कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिसहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिसहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो।

गत साउनदेखि रोकिएको यो प्याकेज आजदेखि पुनः सञ्चालनमा ल्याइएको डिसहोमका जेनरल म्यानेजर रमेश सापकोटाले बताए। यसअन्तर्गत ग्राहकले एक महिनाका लागि ६ सय रुपैयाँ (भ्याटसहित) मा डिसहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाउनेछन्।

त्यस्तै वार्षिक ग्राहकले मासिक साढे पाँच सय रुपैयाँ (भ्याटसहित) मा डिसहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्न सक्ने छन्। डिसहोमका २० लाख ग्राहकसँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउनेछन्। हाल देशका मुख्य सहरहरूमा डिसहोमको फाइबरनेट सेवा पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ