काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख तीन दलका शीर्ष नेताहरुलाई शीतल निवास डाकेकी छन् । दिउँसो साढे ३ बजे राष्ट्रपतिले परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल गर्न बोलाएकी हुन् ।
राष्ट्रपतिले सहमतिय सरकार निर्माणका लागि मिलेर जाने विषयमा छलफल गर्ने शीतल निवास स्रोतले जनाएको छ । आइतबार मात्रै प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि मुलुक नयाँ राजनीतिक वृत्तमा प्रवेश गरेको भन्दै राष्ट्रपतिले चासो राखेकी हुन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत गरिसकेकी छन् । वर्तमान सरकार काम चलाउ भएको छ भने, अब माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने अभ्यास सुरु भएको छ ।