arrow

गमगढी आगलागीप्रति कर्णालीका मुख्यमन्त्री शाहीद्धारा दुःख व्यक्त, उचित राहत दिने प्रतिवद्धता 

logo
जनकबहादुर शाही, 
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
karnali-pradesh-jeewan-baha.jpg

हुम्ला । मुगुको सदरमुकाम गमगढीमा भएको भीषण आगलागीको घटनाप्रति कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले दुःख व्यक्त गरेका छन् । आगलागीबाट करोडौंको सम्पत्तिनष्ट भएको घटनाप्रति प्रदेश सरकार गम्भीर भएको र क्षतिको विवरण संकलन गरेर उचित राहत प्याकेज उपलब्ध गराउने प्रतिवद्धता मुख्यमन्त्री शाहीले जनाएका छन् ।  

‘कर्णाली प्रदेश सरकार आगलागीबाट पीडित स्थानीयको राहत तथा पुनर्स्थापनामा गम्भीर छ’, मुख्यमन्त्री शाहीले विज्ञप्तिमार्फत भनेका छन्, ‘तत्कालका लागि अल्पकालीन राहतको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ, स्थानीय प्रशासनको सिफारिसका आधारमा प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्छ।’

आगलागी नियन्त्रमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयलाई आभार व्यक्त गर्दै आगलागीबाट थप क्षति हुन नदिन र यस्ता घटना दोहोरिन नदिन स्थानीय प्रशासन थप सचेत र सजक हुनुपर्ने मुख्यमन्त्री शाहीले बताएका छन् । 

मुगुको छायानाथ रारा नगरपालिका–१ गमगढी बजारमा सोमबार राति साढे १२ बजेतिर आगलागी हुँदा २१ घर जल्नुका साथै करोडौंको सम्पत्ति  भएको हो ।
गमगढीमा भीषण आगलागी, २१ घर जलेर नष्ट (फोटोफिचरसहित) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ