काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले रिसफारिस गरेको वाधा अड्काउ फुकाउको आदेश जारी गरेकी छन् । आइतबार मन्त्रिपरिषद्ले गरेको रिफारिस अनुसार राष्ट्रपति भण्डारीले बाधा अड्काउ फुकाउ आदेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आइतबार प्रधानमन्त्रीले राजीनामा पेश गर्नु अघि बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सरकार गठनका लागि बाटो खोल्न भन्दै संविधानको धारा ३०५ अनुरुप राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउ आदेशका लागि सिफारिस गरि पठाएको थियो । सरकारले संविधानको धारा २९८ अपुरो रहेको निष्कर्ष निकाल्दै बाधा अड्काउका लागि राष्ट्रपतिलाई सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । अब नयाँ सरकार गठन प्रक्रिया सुरु हुने भएको छ ।