arrow

प्रचण्ड र देउवाले सबै दललाई मिलाएर लाने, ओलीले सहयोग गर्ने

logo
प्रकाशित २०७३ साउन १० सोमबार
dalharu-new-aa.jpg.jpeg
काठमाडौं । नयाँ सरकार गठनको अभ्यासमा लागेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सबै दललाई मिलाएर अघि बढ्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको शीर्ष दलसंगको परामर्शमा देउवा र दाहालले आफुहरुले सबैलाई मिलाएर अघि बढ्ने प्रतिवद्धता गरेका हुन् । 
 
सोमबार बेकुकी शीतल निवासमा भएको भेटमा माओवादी अध्यक्ष दाहाल र कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति सामु सबै दललाई मिलाएर समझदारीसाथ अघि बढ्ने र राष्ट्रिय हितका मुद्दाहरू एवं संविधान कार्यान्वयनमा हामी दृढ छौं– भने । परामर्शकै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मुद्दाहरूमा आफ्नो र एमालेको सहयोग रहने बताए ।
 
आइतबार संसदमा अविश्वास प्रस्तावको जवाफका क्रममा आफुले उठाएका विभिन्न राष्ट्रिय एजेण्डाहरु ओझेल पर्नेमा चिन्ता गरेका ओलीले राष्ट्रपति कहाँ समेत ‘पपुलिष्ट’ योजनाहरु कार्यान्वयनमा जोड दिए ।  
 
राष्ट्रपति भण्डारीले शीर्ष तीनै नेतालाई सबै पार्टीकोबीचमा सहज वातावरण निर्माण गरी सहमति अनुरूप अघि बढ्नका लागि आग्रह गरिन् । त्यस्तै, सरकार निर्माण प्रक्रियाका लागि  अझ सहज वातावरण निर्माण गर्न राष्ट्रपतिको सुझाव छ । तीनै दलका शीर्ष नेताले राष्ट्रपतिलाई प्रक्रिया अघि बढाउन भनेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ