arrow

रोनाल्डो फितलो, म्यानचेस्टरलाई उपाधि जिताउने लक्षण ल्याएनन्, चेल्सी शीर्षमै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
ronaldo-manchester-united.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद प्रदर्शन गरेको छ । पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डो आएपछि म्यानचेस्टरले लिग नै जित्ने अपेक्षा गरिएको भए पनि लज्जास्पद हार नै बेहोर्न पुगेको छ । 

शनिबार राति भएको खेलमा युनाइटेड वाट्फोर्डसँग पराजित भएको छ । १० खेलाडीमा सीमित युनाइटेड वाट्फोर्डसँग ४–१ गोल अन्तरले पराजित भएको हो । वाट्फोर्डलाई जित दिलाउन जोसुवा किङ, स्माइल सार, जोआ पेड्रो र इम्मानुएल डेनिसले एक एक गोल गरे ।

युनाईटेडका डोनी भान डी विकले एक गोल फर्काए । रोनाल्८ो फितलो देखिए । 

लयमा चेल्सी
लिगमा चेल्सी लयमा देखिएको छ । शीर्ष स्थानमा कायमै रहेको चेल्सीले शनिबार भएको खेलमा लेस्टर सिटीलाई ३–० गोल अन्तरले  हरायो ।

चेल्सीको जितमा एन्टोनियो रुडिगर, एनगालो कान्टे र क्रिस्टियन पुलिसिचले एक एक गोल गरे ।

शनिबारका अन्य खेलको नतिजा
एस्टन भिल्ला २–० ब्राइटन
बर्नली ३–३ क्रिस्टल प्यालेस
न्यूकासल युनाइटेड ३–३ ब्रेन्टफोर्ड
नर्विच सिटी २–१ साउथह्याम्पटन
वुल्भरह्याम्पटन १–० वेष्टह्याम युनाइटेड
लिभरपुल ४–० आर्सनल

अंक तालिका 
चेल्सी १२ खेलमा २९ अंक जोडेको शीर्ष स्थानमा कायम छ । लिभरपुल १२ खेलबाट २५ अंकसहित दोस्रो स्थानमा पुगेको छ । 

एक खेल कम खेलेको म्यानचेस्टर सिटी २३ अंकसहित तेस्रो, १२ खेलबाट २३ खंकको वेष्टह्याम चौथो, २० अंकको आर्सनल चौथो स्थानमा छ । 

म्यानचेस्टर युनाइटेड १७ अंकसहित सातौं स्थानमा छ । 

आइतबारका खेल
आइतबार १२ औं चरणका अन्तिम दुई खेल हुनेछन् । म्यानचेस्टर सिटीले घरेलु मैदानमा एभर्टनसँग खेल्नेछ । 

त्यस्तै टोटनह्याम हट्सपरले घरेलु मैदानमा लिड्स युनाइटेडसँग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ