arrow

म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक सोल्सार बर्खास्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
solskjaer-football-coach.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग क्लब म्यान्चेटस्टर युनाइटेडले मुख्य प्रशिक्षक ओले गन सोल्सारलाई बर्खास्त गरेको छ । शनिबार राति भएको खेलमा युनाइटेड वाटफोर्डसँग ४–१ गोल अन्तरले पराजित भएपछि उनलाई क्लबले निकालेको हो । 

क्लबले आपतकालीन बैठक डाकेर मुख्य प्रशिक्षक सोल्सारलाई बर्खास्त गर्ने निर्णय गरेको हो । चार घण्टा बढी समयसम्म बसेको बैठकले सोल्सारलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

उनको बर्खास्तीसँगै क्षतिपूर्ति तथा अन्य प्रक्रियाको बारेमासमेत छलफल भइसकेको बताइएको छ ।

लिग अन्तर्गत पछिल्ला पाँचमध्ये चार खेलमा पराजित भएपछि युनाइटेडका समर्थकहरु सोल्सारविरुद्ध खनिएका थिए ।

गत महिना मात्रै युनाइटेडले लिभरपुलसँग ५–० गोल अन्तरको फराकिलो हार बेहोरेको भोगेको थियो ।

युनाइटेडको नयाँ प्रशिक्षकका लागि जिनेदिन जिदान, बेन्डन रोजर्स र रोनाल्ड कोम्यानको नाम चर्चामा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ