arrow

पूर्वजन्ममा को थिए भीष्म पितामह ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
bhishma-pratigya.jpg

काठमाडौँ । महाभारतका सबैभन्दा महत्त्वपूर्ण पात्र मध्ये एक हुन् भीष्म पितामह। युद्धमा पितामहले कौरवहरूको तर्फबाट युद्ध लडेका थिए । भीष्म पितामह पूर्व जन्ममा वसु थिए । शान्तनु र गङ्गाका आठ पुत्र नै आठ वसु हुन । यिनीहरू तेत्तीस कोटि देवतामा पर्दछन् ।

महाभारतको आदि पर्वका अनुसार एक पटक पृथु, आदि, वसु आफ्नो श्रीमतीहरूसँग मेरु पर्वतमा घुमिरहेका थिए । मेरु पर्वतमा वशिष्ठ ऋषिको आश्रम पनि थियो ।

एक वसु श्रीमतीको आँखा ऋषि वशिष्ठको आश्रममा बाँधिएको नन्दिनी गाइमा पर्‍यो । उनले आफ्ना पति द्यौ नामक वसुलाई सो गाई देखाइन् र उनले गाई आफ्नो साथीहरूलाई चाहिएको बताइन् ।

श्रीमतीको कुरा मानेर द्यौले आफ्नो भाइहरूसँग सो गाइको हरण गरे । जब महर्षि वशिष्ठ आफ्नो आश्रममा आए तब उनले दिव्य दृष्टिबाट सबै कुराको जानकारी लिए । क्रोधित ऋषिले वसुहरूलाई मनुष्य योनीमा जन्म लिनुपर्ने श्राप दिए ।

जब सबै वसु ऋषि वशिष्ठसँग क्षमा माग्न थाले तब ऋषिले भने, 'तिमीहरू सबै वसुहरूको चाडै मनुष्य योनीबाट मुक्ति मिल्नेछ तर यो द्यौ नामक वसुले आफ्नो पाप कर्म भोग्नको लागि धेरै समयसम्म पृथ्वीलोकमा रहनुपर्नेछ र आजीवन ब्रह्मचारीको रूपमा जीवन बिताउनुपर्नेछ ।'

महाभारतका अनुसार द्यौ नामक वसुले गंगापुत्र भीष्मको रूपमा जन्म लिएका थिए । श्रापको प्रभावले उनी लामो समयसम्म पृथ्वीमा रहे तथा अन्तमा इच्छा मृत्युबाट प्राण त्यागे।



नयाँ