arrow

(अपडेट) गुल्मीमा बाढी र पहिरोले कम्तीमा पाँच जनाको मृत्यु, थुप्रै घर जोखिममा

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
gulmi.jpg.jpeg
तम्घास । गुल्मीमा बाढी र पहिरोले कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्गमका गाविसमा गएको बाढी र पहिरोको यकिन तथ्यांक आउन कठिन भएको पनि बताइएको छ । 
 
गुल्मीको हस्तीचौर गाविसको मल्दीमा राति ११ बजे पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ। स्थानीय भीमबहादुर दर्जीको घर पहिरोले पुर्दा भीमबहादुरकी श्रीमती, दिदी र बुहारीको घटनास्थलमै मृत्यु भएको गुल्मी जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र पालले जनाएका छन् । 
सो क्षेत्रका १५÷२० घर पहिरोको जोखिममा रहेकाले स्थानीयलाई सुरक्षित स्थानमा रहन पनि प्रहरीले सचेत गरेको छ । अविरल वर्षा जारी छ । 
 
यता, गुल्मीकै विशुखर्क–९ मा पहिरोले एक घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोपाल रानाका ८ वर्षे छोरा र ६ वर्षे छोरी हुन् । एक जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको छ । 
 
त्यस्तै अबिरल बर्षासँगै बडीघाट खोलामा आएको बाढीले गुल्मीको क्षेत्र नम्बर १ का विभिन्न बस्तीमा कटान शुरु गरेपछि खोला आसपासका वासिन्दा विस्तापित भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ