arrow

लोकमानलाई महाअभियोग लगाउन दवाव दिंदै भद्रकालीमा प्रदर्शन

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
file.jpg.jpeg
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन माग गर्दै राजधानीको भद्रकालीमा दवाव प्रदर्शन भएको छ । व्यवस्थापिका संसदको सुशासन समितिले स्पष्टिकरणका लागि बोलाएपछि दवावका लागि नागरिक समाज, विवेकशील नेपाली, चिकित्सकहरु, विद्यार्थी एवं युवाहरु प्रदर्शनमा उत्रिएका हुन् । 
 
आठौं पटक चिकित्सा क्षेत्रको विकृति विरुद्ध आमरण अनसन बसेका प्रा डा गोविन्द केसीले चिकित्सा क्षेत्रमा हस्तक्षेप गरेको भनी महाअभियोग लगाउन माग गरेपछि त्यसको वास्तविकता बुझ्न कार्कीलाई सुशासन समितिले बोलाएको हो ।
 
तर उनी भने घाँटीमा समस्या भएको बहाना गरेर एक हप्ता बोल्न नमिल्ने भन्दै सहभागी भएनन् । यसले भने उनको चरित्रमाथि अझ बढी खोट भएको देखाएको नागरिक समाजका एक नेताले आरोप लगाए । 
 
कार्कीले काठमाडौं विश्वविद्यालयमा मेडिकल शिक्षाको प्रवेश परीक्षामा हस्तक्षेप गरेका थिए । काठमाडौं विश्वविद्यालयकै पदाधिकारीले लोकमानबाट सीधै हस्तक्षेप भएको आरोप लगाएसंगै सुशासन समितिलाई पनि लोकमानलाई बोलाउन सजिलो भएको छ ।
 
अख्तियारले अनावश्यक हस्तक्षेप गर्ने तर ९० प्रतिशत बढी मुद्धा चलाएर पनि हार्ने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ