arrow

राष्ट्रिय महिला क्रिकेटको उपाधि एपीएफलाई, पूर्वाञ्चल १० रनले स्तब्ध

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
Women-cricket-aaja.jpg.jpeg
काठमाडौं । सिनियर राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ । कीर्तिपुर मैदानमा भएको फाइनलमा पूर्वाञ्चललाई १० रनले हराउँदै एपीएफले उपाधि जितेको हो ।  
 
वर्षाका कारण समयमा सुरु हुन नसकेको खेल १० ओभरमा छोट्याइएको थियो । पहिले व्याटिङ गरेको पूर्वाञ्चलले १० ओभरमा ४ विकेट गुमाएर ५४ रन मात्रै बनाउन सक्यो । जवाफमा एपीएफले १ मात्र एक विकेट गुमाएर ५५ रनको चुनौती पार गर्दै ६५ रन बनायो । जितसंगै एपीएफले एक लाख पुरस्कार जितेको छ । पूर्वाञ्चलले भने ५० हजारमा चित्त बुझाएको छ । 
 
लिग चरणको एक खेल जितेको पूर्वाञ्चल वर्षाले खेल हुन नसकेपछि रनरेटका आधारमा फाइनलमा पुग्यो । एपीएफ भने लिग चरणका दुवै खेल जितेर फाइनलमा पुगेको हो । आगामी अक्टोबरमा हङकङमा हुने आइसीसी महिला विश्वकप क्वालिफायर खेल्ने नेपाली टोली छनोट गर्न आयोजित सिनियर राष्ट्रिय महिला क्रिकेट शनिबारबाट सुरु भएको थियो । 
 
प्रतियोगितामा विभागीय एक टोली एपीएफ र पाँच विकास क्षेत्र गरी ६ टोली सहभागि थिए । टि–२० फम्र्याटमा भएको प्रतियोगितामा सहभागी टोली मध्येबाट उत्कृष्ठ प्रदर्शन गर्ने २४ खेलाडी श्रावण अन्तिमबाट बन्द प्रशिक्षणमा रहने छन् । बन्द प्रशिक्षणमा रहेकाहरु मध्येवाट विश्वकप छनोट खेल्ने अन्तिम टोलीको टुंगो लाग्ने छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ