arrow

यसरी बग्यो तिनाउको झोलुङ्गे पुल (भिडियोसहित)

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
tinau-ko-jho-pu.jpg.jpeg
बुटवल । बुटवलको तिनाउ नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको छ । बुटवल उपमहानगरपालिका –१३  देवीनगर- वुद्धनगर जाेड्ने  झोलुङगे पुल अत्यधिक बाढीका कारण जग नै भत्किएपछि खोलाले बगाएको प्रहरीले जनाएको छ । 
 
सो पुलले  देवीनगर र वुद्धनगरलाई जोडेको थियो । पुल बगाउँदा मानवीय क्षति नभएपनि हेर्न जम्मा भएको भिड हटाउने क्रममा एक प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ । पुल बगाएको हेर्न स्थानीयको भीड लागेको थियो ।
 
अब वुद्धनगर र देवीनगरका स्थानीयले लामो घुमाउरो बाटो  हुँदै आवत-जावत गर्नु पर्ने छ ।  
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ