arrow

राप्रपा र राप्रपा नेपाल समानान्तरबीच एकीकरण, कमल थापा आउन बाँकी

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
lokendra-chand.jpg.jpeg
काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल समानान्तरबीच आज एकीकरण भएको छ ।
 
मुलुकमा राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता एवम् प्रजातन्त्रको संवद्र्धन, प्रवद्र्धन तथा समृद्धशाली नेपाल निर्माणका लागि राष्ट्रवादी शक्तिबीचको एकता भएको बताइएको छ । 
 
राप्रपा अध्यक्ष लोकेन्द्रबहादुर चन्दले मुलुकमा राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेको बताउँदै एकीकरणबाट देश र जनताको पक्षमा काम गर्न बल पुग्ने विश्वास गरे । 
 
राप्रपा नेपाल समानान्तरका अध्यक्ष सत्यमान लामाले देशमा राष्ट्रियता कमजोर भएको अवस्थामा राजनीतिमा विचार र सिद्धान्तमा नजिक रहेका पार्टी एकीकरण भई जनताको सेवा गर्नुपर्नेमा जोड दिए । 
 
राप्रपा नेपालका नेताको नेतृत्व कार्यशैलीबाट असन्तुष्ट भई दोस्रो संविधानसभाको निर्वाचनपछि उक्त पार्टीबाट छुट्टिएर राप्रपा नेपाल समानान्तर गठन भएको थियो । 
 
राप्रपा नेपाल भने राप्रपाबाट पहिले नै अलग भएको थियो । अहिले राप्रपा र राप्रपा नेपालबीच पनि एकीकरणको तयारी हुँदैछ । राप्रपा नेपालका अध्यक्ष कमल थापा कार्यकारी अध्यक्ष हुने गरी पार्टी एकिकरण हुन लागेको हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ