arrow

इपिएसको परीक्षाफल प्रकाशित, तीन हजार ५ सय १७ परीक्षार्थी उत्तीर्ण

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
eps-korea.jpg.jpeg
काठमाडौँ। वैदेशिक रोजगार विभागअन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले यस वर्षका लागि दक्षिण कोरियामा कामका लागि जान तीन हजार ५१७ परीक्षार्थी उत्तीर्ण भएको जनाएको छ । 
 
कृषि तथा पशुपालनका क्षेत्रमा दुई हजार १४० तथा निर्माणका क्षेत्रमा एक हजार ३७७ परीक्षार्थी उत्र्तीण भएका छन् । कोरियामा काम गर्न जान छनोट हुनका लागि भाषा परीक्षामा ६० हजार ६२६ परीक्षार्थीले आवेदन दिए पनि ५७ हजार १२० जना सहभागी थिए । 
 
कोरियाले नेपालबाट दक्ष तथा अनुभवी कामदार आफ्नो मुलुकमा लैजान भाषा परीक्षा लिएर योग्य उम्मेदवारलाई छनोट गर्दै आएको छ । यस वर्ष सातBF पटक परीक्षा लिइएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ