काठमाडौं । सुरक्षाको जोखिम बढेपछि नवलपरासि स्थित गण्डक नहरका सबै ढोका खुल्ला गरिएको छ । गण्डक नहरमा नदीको बहाब आवश्यकता भन्दा बढी भएपनि त्यहाँका जनतालाई खताराको सूचक रातो बत्ी बालिएको छ ।
नवल परासी जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले खतराको सूचक बढेसँगै गण्ड नहरका सबै ढोका खोलिएको जानकारी दिए । ‘अहिले नहरका सबै ढोका खोलिएको छ । ’ प्रजिअ पन्तले भने खतराको सूचक बढेपछि हामीले सबै ढोका खोल्न निर्देशन दिईसकेका छौं र खुलिपनि सकेको छ ।’
त्यस्तैगरी प्रहरीले पनि यस विषयमा आवश्यक सुरक्षा तथा उद्दारको लागि भनेर ३५ जनाको थप टोली गण्डक नहरमा पठाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी एवं प्रवक्ता अर्जुन रानाभाटले अहिले नै खतराको सूचक बढी सकेको र देवघाटसम्म झनै ठूलोे बहाब आएकोले झनै सुरक्षा सतर्कता बढाईएको पनि उनले जानकारी दिए ।
यद्यपि त्यहाँ अहिलेसम्म कुनै पनि मानवीय क्षति भएको छैन र सम्भावित डुवान क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ लैजाने क्रम चलिरहेको पनि प्रहरीले जनाएको छ ।