arrow

पोखरामा २२३ मिलिमिटर वर्षा, पश्चिममा अझै भारी वर्षा हुने

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
Badhi-news-aaja.jpg.jpeg
काठमाडौं । केही दिन देखि सक्रिय भएको वर्षा प्रणालीले देशभर भारी वर्षा भएको छ । विकसित वर्षा प्रणाली कमजोर हुने क्रममा रहेपनि अझै मंगलबार राति देशको पश्चिमी भेकमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 
मध्य र पूर्वी क्षेत्रका केही स्थानमा मात्रै भारी वर्षा हुने मौसमविद्हरुले जनाएका छन् । यद्यपि, सोमबार जस्तो वर्षा नहुने बताइएको छ । मौसमविद्हरुका अनुसार मनसुनी समयमा सवै भन्दा बढी पानी पर्ने महिना जुलाई हो । 
 
जुलाई पछि अगस्तमा पानी पर्ने भएपनि वर्षा प्रणाली खासै मजबुद नहुने बताइएको छ । न्यून चापीय रेखा भारत तिरै भएपनि एक्कासी विकसित भएको वर्षा प्रणालीले भारी वर्षा गराएको मौसमविद् सुवास रिमालले बताए । 
 
पोखरामा २२३ मिलिमिटर वर्षा 
पोखरामा गएको २४ घण्टामा सबैभन्दा बढी २२३ मिलिमिटर वर्षा भएको छ । यस्तै, विरेन्द्रनगरमा २०३, सिमरामा ९७, काठमाडौंमा ८७ र विराटनगरमा ५३ मिलिमिटर वर्षा भएको छ । मंगलबार भने पश्चिमी क्षेत्रमा भारी वर्षा भएपनि मध्य र पूर्वी क्षेत्रका केही स्थानमा मात्रै भारी वर्षा हुने अनुमान छ । वर्षा प्रणाली कमजोर हुने क्रम रहेकाले दुई तीन दिनमा सुधार हुने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ