arrow

मोरङमा ७ सय परिवार विस्थापित, डायनियामा पानीको हाहाकार, प्रशासन बोतलको पानी बाँड्दै

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
duban-new-bbb.JPG.jpeg
काठमाडौं । मोरङमा डुवान भएपछि ७ सय घरपरिवार विस्थापित भएका छन् । मोरङको बक्राह, चिसाङ, लोहन्द्रा, केसलिया, सिंगिया लगायतका खोलामा आएको बाढी बस्तीमा पसेपछि ३ हजार स्थानीय समस्यामा परेका छन् । 
 
जिल्ला दैवी प्रकोप उद्धार तथा राहत समितिले १ हजार बढीलाई राहत वितरण गरेको जिल्ला सहकर्मी कुमोद अधिकारीले जानकारी दिएका छन् । 
 
अधिकारीका अनुसार हुलाकी राजमार्ग देखि दक्षिण पट्टीका १० बढी धान खेत डुवानमा परेका छन् । विस्थापित भएकाहरुको विचल्ली भएको छ । कोही सडक, कोही सरकारी कार्याल र कोही विद्यालयमा गएर बसेका छन् । 
 
मोरङका मुख्य गरेर गोविन्दपुर, डायनिया, अमादह, हसनदह, आमगाछी, मधुमल्लाह लगायतका गाविसमा बढी जलमग्न भएका छन् । उता, आयनियामा खानेपानी समेत अभाव भएको छ ।
 
जमिनबाट निकालिएका कलहरु सबै पानीले ढाकिएपछि स्थानीयले पानी पाउन छाडेका छन् । स्थानीय प्रशासनले बोतलको पानी वितरण गरेका भरमा उनीहरुले गुजारा गरिरहेका स्थलगत रिपोर्टिङमा रहेका सहकर्मी अधिकारीले जानकारी दिएका छन् । उनीहरुलाई राहत वितरणको काम पनि भइरहेको छ । 
 
चितवनको गोब्रेनीमा नारायणीको बाढी पस्यो 
चितवनको गुन्जनगरस्थित गोब्रेनीमा नारायणी नदीको बाढी पसेको छ । बाढीले थुप्रै स्थानीय विस्थापित भएका छन् । स्थानीयलाई सुरक्षित स्थानमा सार्न प्रहरी र नेपाली सेनाले काम गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ