arrow

विद्युत अबरुद्ध हुदा गुल्मीका ९ सय घरधुरी अन्धकारमा

logo
कौरव खत्री,
प्रकाशित २०७३ साउन ११ मंगलबार
bulb-by-mynewslinx.blogspotdotcom.jpg.jpeg
साउन । गुल्मीको वामी गाविस वडा नं. १ बाट सञ्चालित दरमखोला लघुजल विद्युत परियोजना  मंगलवारदेखि अबरुद्ध हुदा ९ सय घरधुरी अध्यारोमा बस्न बाध्य भएका छन् ।
 
 लघुजल विद्युत परियोजनाको प्यानल बक्समा आएको खराबीको कारण विद्युत अबरुद्ध भएको परियोजनाका अध्यक्ष धर्मेन्द्र कुमार मल्मले जानकारी दिए  ।
 
८५ किलोवाट क्षमता भएको विद्युत परियोजना अबरुद्ध हुदा  गुल्मी वामी र मुसिकोट गरि दुई गाविस र बाग्लुङ्गको दगातुम्डाडा गाविस गरि तिन गाविसका नौ सय घरधुरीका उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य भएका छन् ।
 
परियोजना अबरुद्ध भए सँगै उद्योगधन्दा कलकारखाना,सञ्चारमाध्यम  मोवाइलफोन लगायत समेत ठप्प भएका छन् । विद्युत सञ्चालनमा आउन करिब एक हप्ता लाग्ने अध्यक्ष मल्मले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ