arrow

ओलीसँग सरकारमा गएको गुन सम्झे कमल थापाले 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
kmal-thapa-1112.jpg

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपाका अध्यक्ष कमल थापाले नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन पाउँदा निकै खुशी लागेको बताएका छन् । एमालेको १० औंं राष्ट्रिय महाधिवेशनको चिवतनको नारायणी नदी किनारमा जारी उद्घाटन समारोहमास्वागत मन्तब्य राख्दै उनले राप्रपाका तर्फबाट महाधिवेशनको सफलताको शुभकामना बोकेर आएको बताए ।

उनले भने, ‘नेकपा एमाले नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रमुख शक्ति हो । नेकपा एमाले अहिले देशको सबैभन्दा ठूलो राजनीतिक दल हो । तपाईहरुको यो महाधिवेशनलाई देश विदेशका शक्तिहरुले बडो उत्सुकतापूर्वक हेरिराखेका छन् । यो महाधिवेसनले के सन्देश दिन्छ भन्ने उत्सुकताका साथ प्रतिक्षा गरिराखेका छन् ।’

उनले अगाडि भने, ‘त्यही उत्सकुताकै सन्दर्भमा म पनि शुभकामनाका साथसाथै केही अपेक्षा बोकेर आएको छु । आज हामी कहाँ जान भनेर हिँडेका थियौं । कहाँ आइपुगेका छौँ । यो प्रश्नलाई महाधिवेशनका प्रतिनिधि साथीले गम्भीर रुपमा समीक्षा गर्ने आशा लिएको छु ।’

सम्वोधनका क्रममा थापाले भने, ‘विस्तारै देश सर्वसत्तावादतिर उन्मुख हुन लागेको संकेत देखिएको छ । योजनावद्ध र संगठित तरुपमा गरिँदै आएको धर्मपरिवर्तनले हामी नेपालीको सनातानलाई समाप्त पार्ने तयारी भइरहेको छ। नेपालकै इतिहासमा अहिले सर्वाधिक भ्रष्टाचार व्याप्त छ । सामान्य जागिर नपाउँदा ४० लाख बढी युवा मलेसियाको जंगल र अरबको मरुभूमिमा रगत पसिना बगाउन बाध्य भएका छन् ।’

उनले एमालेसँगै केपी शर्मा ओलीसँग नजिकिएको प्रसङ्ग कोट्याउँदै भने, ‘जतिबेला ओलीको नेतृत्वमा सरकारमा गयौँ त्यतिबेला देशमा आन्दोलनको आगो बलिरहेको थियो । नाकाबन्दीले संकट थियो । केपी ओलीको सुझ बुझ र मार्गदर्शनमा रहेर हामीले राष्ट्रिय स्वाभिमानमा एक इन्च पनि आँच आउन नदिएर भारतीय नाकाबन्दी बन्द नगर्न सफल भयौँ । मधेस आन्दोलन मत्थर पार्न सफल भयौँ । हाम्रो छिमेकी मित्र चीनसँग व्यापार पारवहनलगायत रेल, तेल र बिजुलीको दीर्घकालीन खाका निर्माण गरेका थियौं । अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपालको इज्जत बढाउन सक्षम भएका थियौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ