arrow

आङ्काजी शेर्पाले दिए सङ्घीय समाजवादी फोरम नेपालबाट राजीनामा

आन्दोलनमा अहोरात्र आउनेलाई भन्दा ठूला नेताको घरमा धाउनेलाई अवसर दिएको आरोप

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
aangkaji.jpg.jpeg
काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपालका नेता आङ्काजी शेर्पाले पार्टीबाट राजीनामा गरेका छन् । 
 
उनले पार्टीमा रहेर काम गर्न नसक्ने भन्दै आज राजीनामा दिएका हुन् । उनको राजीनामा पत्रमा पहिचानको आन्दोलनमा अहोरात्र आउनेलाई भन्दा ठूला नेताको घरमा धाउनेलाई बढी अवसर दिएको र पार्टीभित्र ‘नस्लवाद र नातावाद’ हाबी भएको उल्लेख गरेका छन् । 
 
पार्टीका नेता जिम्मेवारीमा भन्दा पनि व्यक्तिगत स्वार्थ दोहनमा लागेको उनको दाबी छ । उक्त राजीनामा पत्रमा पार्टीको क्रियाशील सदस्यसमेत नरहने गरी राजीनामा दिएको उल्लेख छ । यसैगरी उनले पहिचानको आन्दोलनमा भने अभियन्ताका रुपमा क्रियाशील रहने बताएका  छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ