arrow

आइसीसीको टोलीले प्रधानमन्त्रीलाई नभेट्ने

जतिसक्दो चाँडो नेपाली क्रिकेट कलह हट्ने विश्वास

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
ICC-and-CAN.jpeg.jpeg
काठमाडौं । नेपाली क्रिकेटको विवादको शोधी खोजी गर्न आएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको टोलीले प्रधानमन्त्रीलाई नभेट्ने भएको छ । नेपालको राजनीतिक परिवेशका कारण  र आइसीसीको प्रमुख कार्यकारी टोलीमा नभएका कारण टोली नभेट्ने निष्कर्षमा पुगेको हो । 
 
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले अहिले सरकार काम चलाउ भएको र आइसीसीकै प्रमुख कार्यकारी टिममा नभएपछि भेट्ने कार्यक्रम टरेको बताए ।
 
उनले भने, ‘सीइओ आएको भए भेट्ने भन्ने कुरा थियो । उहाँ आउनु भएन अरुले सीइओनै नभएपछि के भेट्ने भन्ने कुरा गरेका छन् ।’  आइसीसी प्रमुख कार्यकारी डेभिड रिचर्डशन र कानुनी अधिकारी पल म्याक्माहन मंगलबार आउने कार्यक्रम थियो । विष्टले थपे, ‘उहाँहरु आउनु हुन्न । अहिलेको टोलीसंगै आउने कुरा थियो । उहाँहरुको अर्कै कार्यक्रम परेपछि आउनु भएन । 
 
विष्टले हाम्राकुरासंग भने, ‘आएको तीन जनाको टोलीले सबै पक्षसंग छलफल गरेर प्रतिवेदन तयार पारी आउँदो अक्टोबरमा हुने बोर्ड बैठकमा पेश गर्ने कुरा छ ।’ प्रधानमन्त्रीलाई भेट्ने कुरा त्यस्तै भो, म संग वुधबार ३ बजे भेट्ने कार्यक्रम छ–विष्टले भनेका छन् । 
 
सोमबार काठमाडौं पुगेको तीन सदस्यीय टोलीले मंगलबार नेपाली क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा, पूर्व क्यानको तदर्थ समिति संयोजक विनयराज पाण्डेय र पूर्ण लामा तथा गएको पुसमा साधारण सभा गरी क्यान गठन गरेको चतुरबहादुर चन्द समूहसंग परामर्श गरेको छ । 
टोलीमा डेभलपमेन्ट अफिसर अमर शेख, कन्सल्टेन्ट बन्दुला वार्नापुरा र एसोसिएट प्रतिनिधि इमरान ख्वाजा छन् ।
 
जति सक्दो चाँडो क्यानको निलम्बन हटाउने प्रयासका लागि आएका हौँ
आफुहरुसंगको छलफलमा आइसीसीको टोलीले जति सक्दो चाँडो क्यानको निलम्बन हटाउने प्रयासका लागि अध्ययनमा आएको बताएको चतुरबहादुर चन्द नेतृत्वको क्यान महासचिव अशोकनाथ प्याकुर्यालले जानकारी दिए । 
 
उनले भने, ‘टोलीले सन् २०११ मा भएको चुनाव २०१५ मा भएको दुवै चुनावबारे सोधपुछ गरेको थियो । विधानको प्रावधानबारे समेत छलफल भयो ।’ नेपाली क्रिकेटको अवस्थाका बारेमा समेत टोलीले चासो राखेको उनले बताए । 
 
अनि अक्टोरबरमा क्यान निलम्बन फुकुवाको केही संकेत छ ? जवाफमा उनले भने, ‘अक्टोबरमै त्यो होला भन्ने लाग्दैन । तर उहाँहरुले जति सक्दो चाँडो प्रतिबन्ध फुकुवाको प्रयासका लागि नेपाल आएको बताउनु भएको छ ।’ उहाँहरुले सबै पक्षसंग गरेको कुराकानीका आधारमा प्रतिवेदन तयार पारी अक्टोबरमा बस्ने बोर्ड बैठकमा राख्नु हुनेछ । हामी आशा गरौं अक्टोबरमा निलम्बन फुकुवा नभएपनि केही न केही सम्बोधन नेपालबारे हुन्छ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ