arrow

यसरी पाउन सकिन्छ रिसबाट छुटकारा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
Jai-Shreekrishna.jpg

काठमाडौँ । महाभारतमा श्रीकृष्णको स्वभाव बुझेर हामीले पनि केही कुरा सिक्न आवश्यक छ  । जस्तै कुन समय के बोल्ने, कुनै मानिसलाई केही कुरा कसरी सम्झाउने र कुन बेला कस्तो व्यवहार गर्ने । महाभारतमा शिशुपालले राजाको सभामा भगवान् श्रीकृष्णको अपमान गरे । यसमा श्रीकृष्ण निकै समयसम्म चुप रहे, तर उनलाई जब नबोल्नु कायरता हुनेछ भन्ने लाग्यो तब उनले सभामा सुदर्शन चक्रको प्रयोग गरे ।

तपाई चाँडो चाँडो रिसाउनुहुन्छ भने सबैभन्दा पहिले तपाईँले गुमाउने चीज हो सम्बन्ध। क्रोधको आगोले सबैभन्दा पहिले सम्बन्धलाई जलाउँछ । पुस्तौँदेखि चलिरहेको सम्बन्ध पनि क्षणिक क्रोधको बलि बन्छ ।

 दोस्रो आफन्त प्रति निष्ठा। नातामा दरार आए निष्ठा सबैभन्दा पहिले चिरा पर्छ । त्यसपछि सम्मान जान्छ। यदि तपाई पटक पटक  कोही प्रति क्रोध गर्नुहुन्छ भने तपाई उसको नजरमा आफ्नो सम्मान पनि गुमाउनु हुन्छ ।

 यसपछि विश्वसनीयता । तपाई प्रति मानिसहरूको विश्वास उड्छ । त्यसपछि स्वभाव र स्वास्थ्य। भन्नुको अर्थ मानिस तपाईँसँग देखिनछन् तर वास्तवमा उनीहरू तपाई पक्षमा हुँदैनन् ।

सधैँ मुहारमा मुस्कान हुनुपर्छ । कुनै पनि कुरा गहिरोसँग सोच्नुहोस् क्षणिक आवेगमा आफ्नो प्रतिक्रिया व्यक्त नगर्नुहोस् । सही समयलाई  पर्खनुहोस्। कृष्णसँग सिक्नुहोस् आफ्नो स्वभावमा कसरी रहने। उनले कहिले पनि क्षणिक आवेगमा कुने प्रतिक्रिया दिएनन् ।

सधैँ परिस्थितिलाई गम्भीरता पूर्वक हेर्थे। शिशुपाल अपमान गरि रह्यो , तर उनी सही समयको पर्खाइमा रहे । समय आएपछि उनले शिशुपाललाई मारे । आफ्नो दिनचर्यामा ध्यान, योग र  मुहारमा मुस्कानलाई स्थान दिनुहोस् । यी दुवै चिजले तपाईँको व्यक्तित्वमा ठुलो परिवर्तन ल्याउने छ । कुनै पनि स्थितिसँग जुध्नको लागि तपाईँलाई तयार बनाउनेछ ।



नयाँ