- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । नेपालगन्जस्थित संस्कृति मिडिया नेटवर्क प्रालिद्वारा संचालित बागेश्वरीपोस्ट डटकम अनलाइन पोर्टलले जिल्ला ट्राफिक प्रहरी प्रमुखसहित पाँच जना ट्राफिक प्रहरीहरुलाई सम्मान गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुखसहित जिल्लाका विभिन्न युनिटहरुमा रहेर उत्कृष्ट कार्य गरेका ट्राफिक इन्चार्जहरुलाई बागेश्वरीपोस्टले सम्मान पत्रसहित सम्मान गरेको हो ।
ट्राफिक व्यवस्थापन र राजस्व संकलन कार्यमा महत्त्वपूर्ण योगदान दिएका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक ऐन बहादुर मल्ल, प्रहरी नायब निरीक्षक सिद्दी गणेश शाह, प्रहरी नायब निरीक्षक लक्ष्मण ऐर, प्रहरी नायब निरीक्षक पशुपति नाथ र प्रहरी हवलदार सबिता रावललाई बागेश्वरीपोस्टका अध्यक्ष तथा प्रबन्ध निर्देशक गौरव गिरीले दोसल्लासहित सम्मानपत्रले सम्मान गरेका हुन् ।
सम्मानित भएका सबै दर्जाका ट्राफिकहरु मध्ये प्रहरी नायब निरीक्षक शाह जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरमा कार्यरत छन् भने नायब निरीक्षक ऐर ट्राफिक प्रहरीको नेपालगन्ज युनिटका इन्चार्ज हुन् । त्यस्तै प्रहरी नायब निरीक्षक नाथ नेपालगन्ज बसपार्क ट्राफिक युनिटका इन्चार्ज र प्रहरी हवल्दार रावल उत्तर चिसापानी ट्राफिक युनिटकी इन्चार्ज हुन् ।
केही दिनअघि प्रहरी नायब उपरीक्षकमा बढुवा भएका प्रहरी निरीक्षक मल्ल सम्मान कार्यक्रम पश्चात् आजै प्रहरी प्रधान कार्यलय प्रस्थान गरिसकेका छन् । प्रहरी निरीक्षक मल्लले करिब डेढ महिनाको बाँके बसाईको क्रममा ट्राफिक व्यवस्थापनमा सर्हानीय भुमिका र राजस्व संकलन कार्यमा उत्कृष्ट भुमिका निभाएका थिए ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख शाहले यसअघि जिल्लाका विभिन्न युनिटहरुमा रही ट्राफिक व्यवस्थापनका साथै राजस्व संकलन कार्यमा उत्कृष्ट कार्य गरिसकेका छन् भने प्रहरी नायब निरीक्षक ऐरले नेपालगन्ज उपमहानगरपालिका भित्र, प्रहरी नायब निरीक्षक नाथले नेपालगन्ज बसपार्क र प्रहरी हवल्दार रावलले चिसापानीमा रहेर ट्राफिक व्यवस्थापन र राजस्व संकलन कार्य गरेका छन् ।
प्रहरी हवल्दार रावल बाँके ट्राफिक प्रहरीको इतिहासमा पहिलो महिला ट्राफिक युनिट इन्चार्ज बन्न सफल भएकी छिन् । प्रहरी हवल्दार रावलले इन्चार्ज सम्हालेको १ महिनामै लाखौंको राजस्व संकलन गरिसकेकी छिन् ।