arrow

यी पदाधिकारी भए एमाले महाधिवेशनबाट निर्विरोध 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
uml-10th-general-closing-se.jpg

सौराहा । नेकपा एमालेको १०औं महाधिवेशनबाट पाँच पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । सर्वसम्मत गर्नुपर्छ भनी जोड गर्ने अध्यक्ष केपी शर्मा ओली नै चुनावमा होमिनु परेका बेलामा उनले सघाएका पाँच पदाधिकारी भने निर्विरोध भएका छन् । 

सौराहामा जारी बन्द सत्रमा बिहान १० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समयमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा उम्मेदारी दर्ता नपरेपछि पाँच पदाधिकारी निर्विरोध निर्वाचित हुने भएका हुन् ।

निर्विरोध निर्वाचित हुनेहरूमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन् । 

अध्यक्ष केपी ओलीले सोमबार बिहान प्रस्ताव गरेको पदाधिकारीको सूचीमा अन्यको उम्मेदवारी दर्ता भए पनि वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा अन्यको दाबी नपरेपछि स्वतः निर्विरोध भएका हुन् । 

१०औं महाधिवेशनबाट पाँचजना विजय हुने निश्चित प्रायः हुन भए पनि औपचारिक रुपमा घोषणा भने निर्वाचन आयोगले गरिसकेको छैन ।

उम्मेदवारी परेका पदहरुमा राति ९ बजेपछि मतदान हुनेछ । रातभरि चल्ने मतदान बिहान ३ बजेसम्म राख्न पाइने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ