arrow

सुन आएको आयै छ, मान्छे भगाउ ? केपी ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुनकाण्डलाई सामसुम पारिएको आरोप लगाएका छन् ।

उनले प्रतिनिधि सभाको बैठकमा बोल्दै सुन आएको आयै छ, मान्छे अभियान चलेको छ भन्दै यो राजनीतिको अपराधीकरण भएको बताए । 

उनले सुनकाण्डले सरकारलाई हैरान पारेको बताए । उनले ५ गतेदेखि नै सुनबारे छानबिन गर्न आयोग बनाउने भनिएकामा १४ गतेमात्र बनेको बताए । 

उनले ब्ल्याकमेलिङका लागि तीन जनाबाट चार जनाको टोली बनाइएकोसमेत आरोप लगाए । 

उनले विभिन्न काण्डका फाइल खोलेर सरकारले ब्ल्याकमेलिङसमेत गरिरहेको आरोप लगाए । 

ओलीले आफू प्रधानमन्त्री हुँदा आफ्नै सहअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिप्रक्रियालाई टुंग्याउन नदिएको आरोपसमेत लगाए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ