arrow

हस्ताक्षर नगरेको मतपत्र भेटिएपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
election-2079.jpg

ललितपुर । जिल्लाको महाङ्काल गाउँपालिकाको केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि अहिले मतगणना स्थगित गरिएको छ । एक घण्टा पहिले मतपत्रका विषयमा विवाद भएपछि अहिले छलफल जारी छ । 

उम्मेदवार र पार्टीका प्रतिनिधिसँग छलफल भइरहेको निर्वाचन अधिकृत सुशीला ज्ञवालीले जानकारी दिइन्। केही समयभित्रै समाधान निक्ले पुनः गणना गरिने उनको भनाइ थियो  । 

उक्त गाउँपालिकामा नौ हजार १२ मतदाता रहेकामा सात हजार ६०० (७७ दशमलव ९६ प्रतिशत) मत खसेको थियो । राति अबेर मतपत्र आएपछि गणना शुरु भएको थियो । 

हालसम्म गणना भएको मतका आधारमा अध्यक्षमा नेपाली कांग्रेसका गणेश केसी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका डोल्मामाया गोलेको अग्रता रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ