arrow

नेपाल विश्वकप खेल्न तयार 

उत्कृष्ट क्रिकेट खेलेर खुशी दिनेछौँ - रोहित पौडेल [भिडियो]

स्पिनरमा ललित र सागरले जिम्मेवारी सम्हाल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
rohit-poudel-02-20.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बताएका छन् । उनले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सबै किसिमबाट सक्षम टिम हो भन्ने सन्देश विश्वकपमा दिने बताए । उनले आफूहरू विश्वकपका लागि उत्साहित रहेको बताए । 

उनले करिब २५ दिनेदेखि नेपाली टोलीले वेस्टइण्डिज र अमेरिकामा अभ्यास गरिहरेको भन्दै अब विश्वकपका लागि सबै किसिमले तयार रहेको बताए । उनले राम्रो खेलेर समर्थकहरूलाई उपहार दिने बताए ।

उनले भने, ‘विश्वकपका लागि एकदमै एक्साइटेड छौँ । २५ दिनदेखि बाहिर नै छौँ । विश्वकप नजिकिँदै गर्दा एक्साइटेड झनै बढिरहेको छ । अभ्यास गरिरहेका छौँ । हामी तयारीमा छौँ । सबै जना साथमा हुनुहुन्छ । बेस्ट क्रिकेट खेलेर हामी खुशी दिनेछौँ । नेपाललाई अमेरिकामा सपोर्ट छ । राम्रो खेलेर हामी सबैको नजर तान्नेछौँ । टेस्ट मान्यताप्राप्त टिमलाई हराएर हामीले हामी पनि सक्षम छौँ भन्ने सन्देश दिनुपर्छ अब ।’

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले पहिलो खेलका लागि केन्द्रित भएर अभ्यास गरिरहेको बताए । उनले सबै किसिमले अब नेपाल विश्वकप खेल्न तयार रहेको बताए । उनले यस पटक दुई वटा देशमा विश्वकप हुने भएको सो स्थानहरूको वातावरणमा भिज्न र अभ्यास गर्न नेपाल एक महिना अगाडि नै विश्वकप आयोजना हुने देशमा पुगेको र अभ्यास जारी राखेको बताए । उनले नेपाललाई ब्याटिङ र बलिङमा उत्कृष्टता आवश्यक रहेको भन्दै स्पिनरमा ललित र सागरले जिम्मेवारी सम्हाल्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ