arrow

मुलुक विदेशीहरूको चक्रव्यूहमा फस्यो- सीपी मैनाली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
cp-mainali-1.jpg.jpeg

काठमाडौँ । नेकपा (माले) का महासचिव सीपी मैनालीले मुलुक विदेशीहरूको चक्रव्यूहमा फसेको बताएका छन् । दलहरूलाई प्रयोग गरेर नेपाललाई विदेशीहरूले आफ्नो नियन्त्रणमा लैजाने रणनीतिक लक्ष्य बनाएको महासचिव मैनालीको जिकिर थियो । 

एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई विदेशीहरूको नियन्त्रणबाट मुक्त गर्न नेपालका कम्युनिष्ट पार्टीहरूले आफ्नो विगतलाई समीक्षा गरेर अघि बढ्नुपर्ने बताए । 

महासचिव मैनालीले मुलुकमा तत्काल जनवाद आउने सम्भावना नभए पनि कम्युनिष्टहरुले आफ्ना कमजोरी सुधार गर्दै अघि बढे समाजवाद निर्माणको आधार भने बताउन सक्ने बताए ।

उनले भने, ‘अब दलहरूलाई प्रयोग गरेर नेपाललाई विदेशीको नियन्त्रणमा लैजाने दोस्रो रणनीतिक लक्ष्यमा लागेको छ । यस्तो खालको कमजोरीहरू हाम्रोमा छन् । अहिले तत्कालै जनगणतन्त्र, तत्कालै समाजवाद आउने कुरा त म देख्दिन । तर अहिले तत्कालै एउटा फेरी एउटा राजनीतिक परिवर्तनको आवश्यकता देखिएको छ । त्यसका कार्यक्रमहरु, त्यसका लक्ष्यहरू, विधिहरू के हुन सक्लान् ? अहिले मैले भन्न पाइन । अहिले मुलुक विदेशीहरूको चक्रव्यूहबाट मुक्त भएर स्वतन्त्र समाजको रूपमा अघि जान सक्छ । देशमा जनसत्ता आउन सक्ला । र पुँजीवाद विरोधी समाजवाद निर्माण गर्ने परिस्थितिको सृजना हुन सक्ला ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ