- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । ट्विटरका संस्थापक मध्येका एक ज्याक डोर्सी प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट हटेका छन् ।डोर्सी हटेपछि प्रमुख टेक्नोलोजी अधिकृत रहेका भारतका पराग अग्रवाल ट्विटरको सीईओ बनेका छन्\ ।
निकै आलोचित रहेका डोर्सीपछि पराग अग्रवाल सीईओ बनेसँगै कम्पनीको सेयर ११ प्रतिशतले बढेको छ । चर्चामा नरहे पनि ठिकठाक टेक्नोलोजी ब्याकग्राउण्डबाट आएका अग्रवाललाई ट्विटरले खोजेको सीईओका रुपमा हेरिएको छ ।
ट्विटर अहिले इन्स्टाग्राम, टिकटक जस्ता नयाँ सामाजिक सञ्जालसँग प्रतिस्पर्धामा पछि रहेको छ । यससँगै नकारात्मक सूचना सम्प्रेषणको विषयलाई लिएर कम्पनीले ठुलो चुनौतीको सामना गरिरहेको छ ।
अग्रवाल सीईओ बनेसँगै अब डोर्सीको हातबाट गर्न छुटेका विषयहरू अघि बढ्ने विश्वास गरिएको छ ।
खास गरी डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध र उच्च व्यक्तित्वहरूको प्रोफाइल ह्याक भएको विषयलाई लिएरसमेत डोर्सी आलोचित रहेका थिए ।
नयाँ सीईओ अग्रवाल बनेसँगै कम्पनीले सबै क्षेत्रका चुनौतीहरूलाई हेरफेर गर्दै प्रतिस्पर्धात्मक बजारमा थप मजबुत भई अघि बढ्ने अपेक्षा गरिएको छ ।
ट्विटरका शेयरधारक एलियट म्यानेजमेन्टले डोर्सीलाई राजीनामा दिन दबाब दिएको थियो । यद्यपि उनी सन् २०२२ को बोर्डको बैठकसम्म बोर्डमै रहने छन् ।