arrow

रियो ओलम्पिक फितलो बन्दै, ब्राजिलकै राष्ट्रपति सहभागी नहुने

logo
प्रकाशित २०७३ साउन १२ बुधबार
rio-olympic.jpg.jpeg
रियो । ब्राजिलको राजनीतिक संकटको छाँया आसन्न ओलम्पिक खेलकुदमा पनि देखिने भएको छ । संसदमा महाभियोगको प्रस्ताव खेपिरहेकी राष्ट्रपति डिल्मा रुसेफले ओलम्पिक गेम्समा सहभागी नहुने घोषणा गरेसँगै राजनीतिक संकटको आंशिक प्रभाव ओलम्पिक खेलमा देखिएको हो ।
 
ब्राजिलमा ओलम्पिक खेल आयोजना गराउने जिम्मा पाउन महत्वपूर्ण भुमिका खेलेका तत्कालिन राष्ट्रपति लुईज इनासियो लुला डा सिल्भा पनि ओलम्पिकमा सहभागि नहुने भएका छन् ।
 
निलम्बित राष्ट्रपति रुसेफको स्थानमा अन्तरिम राष्ट्रपति मिचेल टेमरले मराकाना रंगशालामा हुने भव्य उद्घाटन समारोहमा ब्राजिलियन सरकारको प्रतिनिधित्व गर्ने बुझिएको छ ।
 
आगामी साउन २१ गतेदेखि सुरु हुने रियो ओलम्पिकमा २ सय ८ राष्ट्रका झण्डै १० हजार ५ सय खेलाडीले सहभागिता जनाउँदैछन् ।
 
ओलम्पिक लगत्तै राष्ट्रपति रुसेफ विरुद्ध महाअभियोग प्रस्तावले गति लिनेछ ।
 
रुसका धेरैजसो खेलाडी निलम्बनमा परेपछि रियो ओलम्पिक सबैभन्दा विवादित हुने देखिएको छ ।
 
नेपालबाट भने सात खेलाडी पाँच खेलमा भाग लिंदैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ