arrow

१६ वर्षको निरन्तर अनसन तोड्दै शर्मिला

logo
प्रकाशित २०७३ साउन १२ बुधबार
16-years-anasan.jpg.jpeg
इम्फाल । भारतको मणिपुरबाट सैन्य क्याम्प (आम्र्ड फोर्सेस स्पेशल पावर्स एक्ट एएफ्एसपी) हटाउन माग गर्दै १६ वर्षदेखि अनसनमा रहेकी इरोम शर्मिलाले अब अनसन तोड्ने भएकी छिन् ।
 
४४ वर्षीया शर्मिलाले आगामी अगष्ट ९ तारिखमा अनसन तोड्ने जनाइएको छ । २८ वर्षको उमेरमा सन् २००० नोभेम्बर २ तारिखदेखि अनसनमा बसेकी शर्मिलाले अब विवाह पनि गर्नेछिन् ।
 
अनि चुनाव पनि लड्ने छिन् । उनले मणिपुर विधायनसभाको चुनाव लड्ने बताएकी छिन् । उनी अनसन बसेका बेलामा प्रहरीले थुप्रै पटक पक्राउ गरेको थियो ।
 
त्यस्तै जवरजस्ती नाकमा नली छिराएर खाना खुवाउने प्रयत्नसमेत भएको थियो । यही जिद्धीपनका कारण उनले हरेक १५ दिनमा अदालतमा हाजिरसमेत हुनुपरेको छ ।
 
उनका साथीहरुका अनुसार शर्मिलाले स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्ने छिन् । 
 
उनले लामो समयदेखि चक्कर चलिरहेका मानवअधिकारकर्मी ५३ वर्षीय ब्रिटिश इन्डियन इरोम डेसमंडसंग विवाहसमेत गर्न लागेकी छिन् । 
 
आसाम राइफल्सका जवानले अन्धाधुन्ध गोली चलाएर १० जनाको ज्यान लिएपछि त्यसको विरोधमा शर्मिला अनसनमा बसेकी हुन् । (भास्कर दैनिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ