arrow

न्यायाधीश पदका लागि संसदीय सुनुवाइ सुरु

logo
प्रकाशित २०७३ साउन १२ बुधबार
court.jpg.jpeg
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित व्यक्तिहरुको संसदीय सुनुवाइ प्रारम्भ भएको छ । 
 
व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिको आजको बैठकमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित न्यायाधीश दीपककुमार कार्की र केदारप्रसाद चालिसेको सुनुवाइ भइसकेको छ । 
 
आजको बैठकमा शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ हुने कार्यसूची रहेको छ । 
 
सर्वोच्च अदालतको न्यायाधीशका लागि पुनरावेदन अदालतका सातजना न्यायाधीश र चारजना वरिष्ठ अधिवक्ताको नाम न्याय परिषद्ले प्रस्ताव गरेको छ । न्याय परिषद्ले प्रस्ताव गरी सिफारिस गरेका नामहरुउपर सुनुवाइ प्रारम्भ भएको हो । 
 
प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव सदनमा दर्ता भएसँगै सुनुवाइ समितिको बैठक केही समय धकेलिएकाकारण आजदेखि फेरि प्रारम्भ भएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ