arrow

प्यूठानमा थप तीनको मृत्यु, चार वेपत्ता

logo
सिटी पोख्रेल,
प्रकाशित २०७३ साउन १२ बुधबार
rain.jpg.jpeg
प्यूठान। सोमबारदेखिको लगातार परेको बर्षाका कारण जिल्लाको फोप्ली–६ सिममा गएराति पाँच घर पहिरोले बगाउँदा नारायण केसी, द्रोणबहादुर केसी र उनकी श्रीमती पवित्रा केसीको मृत्यु भएको छ । 
 
पहिरोमा परी बेपत्ता हुनेमा नेकपा माओवादीका केन्द्रीय सदस्य हरिबहादुर केसी र उनकी श्रीमती विन्दू केसी, नरबहादुर बुढाथोकी (जागेश्वर) र उनकी श्रीमती तिमा बुढाथोकी रहेका छन् । 
 
पहिरोबाट नारायण केसीकी श्रीमती नानीमैया केसी र भीमसेन पुनलाई सकुशल उद्धार गरिएको छ । जिल्लामा हालसम्म २० जनाको मृत्यु भइसकेको छ भने २४ जना वेपत्ता छन् । 
 
यसैबीच, प्यूठानमा गएको बाढी तथा पहिरोबाट पीडितलाई राहत तथा उद्दारका लागि गठित समितिले हिजो प्रधानमन्त्री केपी शर्मा ओली तथा रक्षा मन्त्री र गृहमन्त्री लाई भेटी उद्दार तथा राहत प्रभावकारी बनाउन माग गरेको छ । समितिमा पूर्व उपप्रधानमन्त्री बामदेव गौतम, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेल तथा सांसदहरु हुनुहुन्छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ