arrow

कमल थापाले यसपालि नछाड्ने, चार वर्षपछि हस्तान्तरण गर्न तयार 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
kamal-thapa-rpp4343.JPG

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले आफूलाई एक कार्यकालको मौका दिन आग्रह गरेका छन् । भृकुटीमण्डपमा बुधबारबाट शुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले अब चार वर्ष आफूलाई नेतृत्व गर्ने मौका दिन आग्रह गरेका हुन् । 

यस चारवर्षमा पार्टीलाई उचाइमा पुर्याएर युवालाई नेतृत्व हस्तान्तरण गर्ने थापाको भनाइ छ । अध्यक्षको उम्मेदवारसमेत रहेका थापाले आफूहरुबाट कुनै कमिकमजोरी भए पनि भ्रष्टाचार गरेको भन्ने आरोप कसैले लगाउन नसक्ने बताए । 

थापालाई चुनौती दिँदै राजेन्द्र लिङ्देन अध्यक्षको दौडमा छन् । उनले उम्मेद्वारी घोषणा गरिसकेका छन् । लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणासहित नेताहरुको समर्थन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ