arrow

पीडितलाई तत्काल उद्धार र राहत दिन काँग्रेसको आग्रह

logo
प्रकाशित २०७३ साउन १२ बुधबार
congress-flag-11111.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसले केही दिनदेखि अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न जिल्लामा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । 
 
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी बाढी पहिरोबाट मृत्यु भएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै विस्थापित परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन् । 
 
बेपत्ताको तत्काल खोजी गर्न, मृतक र विस्थापित हुन पुगेका पीडितको यकिन तथ्याङ्क सार्वजनिक गर्न तथा मृतकलाई क्षतिपूर्ति तथा विपद्मा परेका पीडित परिवारलाई तत्काल उद्धार, राहत र सहयोग पुर्‍याउन काँग्रेसले सरकारसमक्ष आग्रह गरेको छ । 
 
साथै, काँग्रेसका स्थानीय पार्टी निकाय तथा भ्रातृ एवम् शुभेच्छुक सङ्घ संस्थालाई पनि पीडित परिवारको उद्धार र राहत कार्यमा आवश्यक सहयोग पुर्‍याउन पार्टी सभापति देउवाले आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ । 
 
घटनाबाट हजारौँको सङ्ख्यामा मानिस विस्थापित हुन पुगेको, हजारौँ हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको, अधिकांश सडक मार्ग अवरुद्ध भई यातायात प्रभावित भएकोप्रति पनि काँग्रेसको ध्यानाकर्षण भएको जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ