arrow

बाढी र पहिरोको विपद् : हाल सम्म ५४ को मृत्यु, २० अझै बेपत्ता

logo
प्रकाशित २०७३ साउन १२ बुधबार
rain.jpg.jpeg
काठमाडौं । लगातारको वर्षाले निम्त्याएको बाढी पहिरोको विपद्ले हाल सम्म ५४ जनाको मृत्यु भइसकेको छ । गृहमन्त्रालयका अनुसार देशभर बाढी तथा पहिरोमा परी सोमबारदेखि हाल सम्म ५४ जनाको मृत्यु भएको छ भने २० अझै हराइरहेका छन् । बाढी तथा पहिरोका कारण देशका १४ जिल्लामा बढी असर पुगेको गृहमन्त्रालयका प्रवक्ता यादव कोइरालाले जानकारी दिए। हालसम्म बढी मानवीय क्षति प्युठानमा भएको छ । प्युठानमा २२ जनाको मत्यु भएको छ भने १५ जना हराइरहेका छन् । यस्तै, गुल्मीमा ७, बाग्लुङमा ६, पाल्पा र रोल्पामा ४–४ जनाको मृत्यु भएको छ । अन्य ठाउँमा समेत दुई तीन जनाको मृत्युको विवरण रहेको प्रवक्ता कोइरालाले हाम्राकुरालाई जानकारी दिए ।
 
मध्यपश्चिम तथा पूर्वका ८ जिल्ला बाढीको बढी चपेटामा परेका छन्। वुधबार दिउँसो बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले बाढी र पहिरो पीडित क्षेत्रमा तत्काल राहत र उद्धारको काम अघि बढाउन सबै निकायलाई आग्रह गर्ने निर्णय गरेको छ। अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी तथा पहिरोमा परेकाहरुको उद्धार गर्न सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरेको गृह मन्त्रालयको जिकिर छ। ‘उद्धारका लागि सम्पूर्ण सुरक्षा संयन्त्रलाई परिचालन गरिएको छ । विपद् भएका ठाउँमा उद्धारमा खटिनका लागि कसैको आदेश पर्खिनु पर्दैन,’ कोइरालाले भने, ‘जसले पहिला सूचना पायो त्यो टोली गएर उद्धारमा खटिनुपर्छ ।’
 
वदलिएको मौसममा सुधार आउन अझै केही दिन लाग्ने भएकाले प्रतिकुल अवस्थामा हर कोहीले सहयोग गर्नु पर्ने कोइरालाको भनाई छ । अहिले सम्पूर्ण ध्यान उद्धारमा केन्द्रित गरेको र राहत वितरणको काम पनि संगसंगै अघि बढेको उनको भनाई छ । मौसम प्रतिकुल रहेकाले राहत तथा उद्धारमा कठिनाई भएको छ। बर्दिया लगायतका स्थानमा डुवानपछि स्थानीयहरु घरको छतमा र रुखमा बसेको जानकारी पाएपछि गृहमन्त्रालयले हेलिकोप्टर पठाउँदा समेत मौसम प्रतिकुलताले उद्धार हुन सकिरहेको छैन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ