arrow

नेपालमा चिनियाँ राष्ट्रपति चिया मात्र पिउन आउदैनन् : बिजुक्छें

'काँग्रेस र माओबादीले निर्वाचन गर्दैनन्'

logo
प्रकाशित २०७३ साउन १२ बुधबार
Narayanman-photo.jpg.jpeg
भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले काँग्रेस र माओबादी केन्द्रको गठबन्धनको सरकार निर्वाचन नगर्न कै लागि बनेको बताएका छन्। रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उनले बर्तमान सरकार ढाल्नुको पछाडिको रहस्य तिनैवटा निर्वाचन नगर्ने उद्देश्यले गठन भएको बताए।
 
प्रचण्ड र देउवाको नेतृत्वको सरकार बिगतमा हेरिसकेको र उनीहरुले केही गर्ने छेक छन्द नभएको भन्दै यदि देश र जनताको पक्षमा उनीहरुले राम्रो काम गरे आफ्नो भनाई उल्टो हुने र त्यसले देशलाई लाभ हुने उनले बताए। उनले ओली नेतृत्वको सरकारले नेपाल र नेपालीको पक्षमा उभिएर काम गरेकाले आफ्नो पार्टीको समर्थन रहेको र अब बन्ने सरकारको काममा आफ्नो पार्टीको समर्थन निर्भर रहने भन्दै उनले नेपाल मजदुर किसान पार्टी प्रतिपक्षमै बस्ने बताए।
 
जसरी नेकपा एमालेको नेतृत्वको सरकारमा ओलीले सकारात्मक काम गरे जस्तै वर्तमान सरकारको प्रतिपक्षमा बसेर आफ्नो सबल भूमिका खेल्न सके काँग्रेस र माओबादीले गलत काम गर्न नसक्ने उनको भनाई छ।
 
उनले भारतिय राजदुतको भूमिका नेपालका लागि घातक रहेको र उनलाई कारवाही गरि नेपालबाट पठाउनु पर्ने भन्दै भारतका लागि नेपाली राजदुत फिर्तासँगै उनलाई पनि बोलाउनु पर्ने भएता पनि त्यसो नभएको र नेपाल प्रतिको हेपाह प्रबृत्ति प्रष्ट रहेको बताए। 
 
नेपालमा चिनियाँ राष्ट्रपति चिया पिउन नआउने बताउँदै उनले भने, 'नेपाल सरकारसँग गरिएको मुख्य दूई सम्झौता रसुवा–गढी मार्ग र दक्षिण तराई सम्मको रेलमार्गको सम्झौता हुने र त्यसले नेपाललाई लाभ हुन्छ।' शेरबहादुर देउवाले केपी ओलीको सरकारले चिनसँग गरेको सन्धी सम्झौतालाई निरन्तरता दिने भने जस्तै चिनका राष्ट्रपतिको आगमनको तयारी गर्नु पर्छ र गरिएका सन्धि सम्झौतको कार्यान्वयन तर्फ अगाडी बढ्न सक्नु पर्छ यदि त्यसो नभए काँग्रेस र माओबादी कताबाट परिचालन भएका छन् त्यसको पूर्ण प्रष्टाइ हुने उनले बताएका छन्।
 
मधेश आन्दोलनको एक बुँदे कार्यक्रम रहेको भन्दै उनीहरुको भर्खरै नागरिकता लिएकाले समेत जन्मसिद्ध नागरिकको जस्तो अधिकार पाउनु पर्ने माग रहेको थाहा पाएर काँग्रेस र मओबादीले समर्थन गरेमा त्यो गलत निर्णय हुने उनले बताए। बिगतका सरकारमा रहेका उनीहरुले किन त्यो माग गरेनन् भन्ने पुष्टि हुने भएको र यो माग बिदेशीको घच्घचाहटमा भएको उनको दाबी छ। प्रचण्डले केपी शर्मा ओलीलाई राजनेता भनेर जसरी सम्बोधन गरे त्यो बुझेर भने वा नबुझेर जे गरे पनि उनले राजनीतिमा दोहोरो भूमिका खेलेको उनले आरोप लगाए। राष्ट्रपतिको भूमिका संबिधान मै प्रष्ट भएको भन्दै उनले वर्तमान समयमा सहमतीको सरकार नबने बहुमतको सरकारको आह्रवान गर्ने र त्यसमा ठूलो दल काँग्रेसले बहुमत पुर्‍याउनु नसके दोस्रो ठूलो दल एमालेले सरकारको नेतृत्व लिन सक्ने र तीन महिनामा बहुमत पुर्‍याउन पर्ने उनले बताए।
 
सभामुखको भूमिका अपरिपक्क देखिएको भन्दै बिजुक्छेंले सभामुखले आफ्नो भूमिकालाई निश्पच्छे राख्न सक्नु पर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ