arrow

प्यूठानमा मर्नेको संख्या २७ पुग्यो, २० वेपत्ताको खोजी जारी

माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर केसी दम्पतीको मृत्यु

logo
सिटी पोख्रेल।
प्रकाशित २०७३ साउन १२ बुधबार
Badhi-news-aaja.jpg.jpeg
प्युठान । अविरल वर्षा संगै आएको बाढी पहिरोका कारण प्यूठानमा थप ७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २७ पुगेको छ । यसअघि मंगलबार २० जनाको मृत्यु भएको थियो । २० जना अझै हराइरहेका छन् । मंगलबार राति फोप्ली–६ सिममा ५ घर पहिरोले बगाउँदा ७ जनाको मृत्यु भएको हो । पहिरोमा परी नेकपा–माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर केसी सहित उनकी श्रीमती विन्दु केसीको मृत्यु भएको छ । 
 
पहिरोमा परी नारायण केसीको मृत्यु भएको छ भने उनकी श्रीमती नानुमैया केसीको उद्धार भएको छ। घरमाथिबाट आएको पहिरोले घर बगाउँदा दोणबहादुर केसी र उनी श्रीमती पवित्रा केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । जाहेश्वर बुढाथोकी र उनकी श्रीमती पीमा बुढाथोकीको समेत  मृत्यु भएको छ । 
 
यसैगरी, फोप्ली–३ मा मंगलवार बेपत्ता भएका खस्की पुन, रक्षानी पुन, सेतुमा पुन, शेरबहादुर पुन, कुमारी पुन र टुकमला पुन सहित १३ जना अझै वेपत्ता रहेका छन् । उनीहरुको नेपाली सेना,नेपाल प्रहरी तथा स्थानीयको सक्रियतामा खोजी कार्य जारी छ । 
 
यसैबिच, जिल्ला स्तरबाट उद्धार तथा राहतका लागि प्रभावकारी काम नभएको भन्दै जिल्लास्थित सरोकारवाला तथा राजनीतिक दलहरुले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । विहान बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकमा दलहरुले संयुक्त रुपमा प्रभावकारी उद्धार नभएको भन्दै सामूहिक ध्यानाकर्षण गराएको नेपाली कांग्रेस प्यूठानका सचिव देवेन्द्र बर्माले जानकारी दिए । उत्ता जिल्ला दैवी प्रकोप उद्धार समितिले जिल्लामा उद्धार तथा खोजकार्य प्रभावकारी बनाउनका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ । 
 
जिल्लामा ठूलो विपद् आइलागेको भन्दै समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज पन्थले जिल्लामा उद्धार तथा खोजका लागि नेपाली सेना,नेपाल प्रहरी लगायत प्रभावकारी रुपमा खटाइएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ