arrow

पहिले युद्धबाट सोझै सरकारमा आउँदा म सँग अनुभव थिएन : प्रचण्ड

मलाई युद्ध र शान्तिको महत्व बुझ्न १० वर्ष लाग्यो, प्रतिस्पर्धात्मक राजनीति बुझ्न अरु १० वर्ष लाग्यो

logo
प्रकाशित २०७३ साउन १२ बुधबार
dahal-new--sarkari-kam.jpg.jpeg
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकका विभिन्न सम्भावनाका लागि राष्ट्रिय एकता जरुरी रहेको बताएका छन् । 
 
ग्रिन सिटी हस्पिटलले विना चिरफार काखिमा सानो प्वालपारी मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको सफलतामा आयोजित कार्यक्रम अध्यक्ष दाहालले मुलुको समृद्धिका लागि पूरै राष्ट्र एकताबद्ध हुन जरुरी रहेको बताए । 
 
उनले भने, ‘सो एकता राष्ट्र निर्माणका लागि श्रममा बदलिन जरुरी छ । यसको निम्ति हामी सबैले संकल्प गर्नु जरुरी छ ।’ दाहालले नेपाल संक्रमणको विशिष्ट अवस्थामा गुज्रिरहेकाले यसलाई निकास दिन सबैको योगदान आश्यक रहेको बताए । उनले थपे, ‘सम्भावना धेरै छन् तर हामी सम्हाली सकेका छैनौ ।’ 
पहिले युद्धबाट सोझै सरकारमा आउँदा म सँग अनुभव थिएन
दश वर्ष युद्ध र त्यसपछि शान्ति प्रक्रियामा आएपछि पहिलो सरकार बन्दा अनुभवको कमीले गर्दा धेरै काम गर्न नसकिएको दाहालले स्वीकारे । दाहालले गम्भीर हुँदै भने, ‘हुन त मलाई गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने अवसर मिल्यो । तर म संग अनुभवको धेरै कमि थियो । यो खुला र प्रतिस्पर्धात्मक राजनीति र विकासका गतिविधिबारे मलाई अनुभव थिएन ।’ 
 
मलाई युद्ध र शान्तिको महत्व बुझ्न १० वर्ष लाग्यो । दाहालले थपे, ‘यस्तै प्रतिस्पर्धात्मक राजनीति बुझ्न अरु १० वर्ष लाग्यो ।’ म पहिले सिकारु नै थिए । बल्ल सबै कुरा बुझेको छु । अब कुरा भन्दा कर्म गर्ने समय आएको महशुस भएको छ ।  
 
दाहालले कार्यक्रम संक्षिप्त भएपनि निकै प्रेरणादायी रहेको बताए । यस हस्पिटलले सामाजिक सेवाको कामको क्रममा नयाँ काम गरेको छ, दाहालले भने, ‘डा. अनिल भट्टराईले अनुकरणीय काम गर्नुभएको र तपाईं अहिले युवा नै भएकाले भविष्यमा ठूलाठूला उदाहणिय काम गर्नु हुनेछ भन्ने मेरो विश्वास छ ।’ दाहालले सो हस्पिटलले अन्य हस्पिटल र सरकारी हस्पिटललाई समेत चुतौती दिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ