arrow

हामी समयमै निर्वाचन गर्न आतुर छौं : प्रमुख आयुक्त यादव

logo
प्रकाशित २०७३ साउन १२ बुधबार
ayodhi-yadhv-sunuwai-FNL.JPG.jpeg
काठमाडौं । नव नियुक्त प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सरकारले मिति र नीति दिए जुनसुकै बेला आयोग तीन वटै चुनाव गर्न सक्षम रहेको बताएका छन् । 
 
राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुअ आयुक्त यादवले आफुरुलाई सरकारले तिथि मिति सहितको नीति दियो भने हामी तीनवटै निर्वाचन सम्पन्न गर्न सक्षम छौं –भने । 
 
नयाँ संविधानको व्यवस्थानुसार २०७४ माघ ७ भित्रै तीनवटै निकायको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी छ, प्रमुख आयुक्त यादवले भने, ‘हामीसंग समयमै निर्वाचन सम्पन्न गर्न सक्ने ऊर्जा शक्ति छ ।’ जसका लागि अहामीले आवश्यक ढाँचा तयार गरिसकेका छौं । 
 
अहिले काम चलाउ बनेको केपी ओली नेतृत्वको सरकारले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममै दुई वर्ष भित्र तीनवटा निर्वाचन गर्ने कार्ययोजना ल्याएको थियो । सरकारले पुरानै संरचनाका आधारमा यही मंसीर भित्रै स्थानीय तहको निर्वाचन गर्ने कार्ययोजना तयार पारेको थियो । 
 
कांग्रेस–माओवादीको नयाँ गठबन्धनले समेथ यसबीचमा बन्ने दुईटा सरकारले तीनै वटै निर्वाचन गर्ने कार्ययोजना ल्याउने छ । दुवैबीच स्थानीय निकायको निर्वाचन गर्न सीमाङ्कन आयोग र अन्य दलहरुसंग मिले छलफल र परामर्शका आधारमा निर्वाचन कार्यक्रम गर्ने सहमति समेत भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ