arrow

माओवादी र कांग्रेसबीचको सात बुँदे खारेज भए एमाले सरकारमा जाने : भट्टराई

logo
प्रकाशित २०७३ साउन १२ बुधबार
yogesh-bhattarai-600x0.jpg.jpeg
ताप्लेजुङ । नेकपा एमाले सचिव योगेश भट्टराईले माओवादी केन्द्र र नेपाली काँग्रेसबीच भएको सात बुँदे सहमति खारेज भई नयाँ सहमति भए एमालेसहितको सहमतीय सरकार निर्माण हुन सक्ने बताएका छन् ।  
 
प्रेस चौतारी ताप्लेजुङले गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, एमाले नेतृत्वको सरकारले घोषणा गरेको तहगत निर्वाचन, बजेट कार्यान्वयनलगायत विषयमा सहमति भए सहमतिको सरकार बनाएर मुलुकलाई निकास दिन सकिने धारणा राखे । 
 
एमाले सरकारमा रहँदा आफ्नो सार्वभौमसत्ता, स्वतन्त्रता र निर्णय लिन सक्ने क्षमतालाई गुमाउन नदिएको जिकिर गर्दै सचिव भटराईले अब फेरि मुलुकमा अन्तर्राष्ट्रिय चलखेल बढ्न सक्ने उल्लेख गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ