arrow

लोकेन्द्रबहादुरले कार्यभार पशुपतिलाई सुम्पिए

राप्रपा नेपालसँग पार्टी एकता गर्ने सैद्धान्तिक सहमति बन्यो : राणा

logo
प्रकाशित २०७३ साउन १२ बुधबार
Pashupati-shamsere-new-presd.jpg.jpeg
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा पद हस्तान्त्रण भएको छ । लोकेन्द्र बहादुर चन्दले मंगलबार पेश भएको प्रस्ताव अनुसार अध्यक्षको कार्यभार पशुपति शमशेर राणालाई सुम्पिएका छन् । राणाले वुधबारबाट विधिवत् अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । राणालाई निवर्तमान अध्यक्ष लोकेन्द्रबहादुर चन्दले खादा ओढाएर बधाई तथा शुभकामना दिए । 
 
यस्तै, राप्रपाले राप्रपा नेपालसँग पार्टी एकताका लागि सैद्धान्तिक सहमति गर्ने निर्णय गरेको छ । 
 
राप्रपाको दुई दिन बसेको केन्द्रीय कार्यसमितिको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले बैठकले राप्रपा नेपालसँग पार्टी एकताका लागि सैद्धान्तिक सहमति गर्ने निर्णय गरेको बताए । उनले पार्टी मिलाएर मात्र नपुग्ने भन्दै यसलाई मिलाएर ठूलो शक्ति बनाउने उल्लेख गरे ।  
 
अध्यक्ष राणाले राष्ट्रियता, प्रजातन्त्र, उदारवाद र हिन्दू राष्ट्रको रक्षाका लागि राप्रपा नेपाल समानान्तर समितिसँग पार्टी एकीकरण गरेको बताए । 
 
पार्टीका निवर्तमान अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राष्ट्रिय राजनीतिमा राष्ट्रवादी शक्तिको निर्णायक भूमिका आवश्यक भएकाले एकतामा जुटेको बताए  । समान विचारधारा भएको राष्ट्रवादी शक्ति एक हुनुपर्छ भन्ने उद्देश्यले एकीकरण भएको उनको भनाई छ । 
 
पार्टीका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले नेपालको राजनीति तथा समाजको विकासक्रमलाई सही मार्गमा ल्याउन परम्परागत, राष्ट्रवादी शक्तिको एकता आवश्यक रहेको बताए । उनले भने, ‘देशमा एउटा राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको खाँचो सबैलाई महसुस भएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ