arrow

आयोगको सिफारिस विरुद्ध नेपाली काँग्रेस बर्दियाको विरोध

logo
यादव आचार्य,
प्रकाशित २०७३ साउन १२ बुधबार
congress-flag-11111.jpg.jpeg
बर्दिया । स्थानिय तह संख्या तथा सीमाना निर्धारण आयोगले बर्दिया जिल्लाको स्थानिय संरचना ५ वटा निर्धारण गर्नु पर्छ भनी गरेको सिफारिसको नेपाली काँग्रेस बर्दियाले विरोध गरेको छ ।
 
जिल्ला भरीको लागि निर्धारित ५ वटा स्थानिय निकायले सम्पूर्ण जिल्लावासीको पहुँच नपुग्ने भएपछि त्यसको नेपाली काँग्रेस पार्टी बर्दियाले विरोध गरेको हो । जिल्ला भरीमा ५ वटा मात्र स्थानिय निकाय वनाईए जनताको सेवा सुविधामा पहुँच नहुने नेपाली काँग्रेस बर्दियाका पूर्व सचिव एवम् महासमिति सदस्य विद्या प्रसाद खनालले वताए । 
 
स्थानिय तहको पुर्नसंरचना गर्ने क्रममा आयोगले काठमांडौमा वसेर एकतर्फी गरेको निर्धारणले बर्दियावासी सेवा सुविधा लिनबाट वञ्चित हुनेमा उनले चिन्ता व्यक्त गरे ।
 
आयोगले जिल्लावासीबाट परामर्श नलिई एकलौटी रुपमा स्थानिय क्षेत्र निर्धारण गर्नु बर्दियावासीलाई अभिषाप भएको वताउँदै समग्र जिल्लावासीको हितको लागि ८ वटा नगर वा गाउँ पालिका निर्धारण गरिनु पर्ने माग गरे । जनसंख्याको आधारमा स्थानिय संरचना वनाईए पनि प्रत्येक जनताको राय, सुझाव लिनु पर्ने उनको जोडदार माग छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ