arrow

अध्यक्षमा पराजित भएपछि कमल थापा भन्छन् : पराजयलाई सहर्ष स्वीकार गर्छु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
kamal-thapa-rpp4343.JPG

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित भएपछि अध्यक्ष पदका उम्मेदवार कमल थापाले पराजयलाई सहर्ष स्विकार गर्ने प्रतिक्रिया दिएका छन् ।

आइतबार विहान सम्पन्न मतगणना अनुसार अध्यक्ष पदमा आफू पराजति भएपछि थापाले सामाजिक संजालमार्फत आफ्नो प्रतिक्रिया दिएका हुन ।

उनले लेखेका छन्,‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना। प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु।’

 

 मतगणना अनुसार लिङ्देनले आफ्ना प्रतिस्पर्धी कमल थापालाई पराजित गरेका हुन् । मत गणनाको प्रारम्भदेखि नै अग्रता लिएका लिङ्देनले थापालाई १६७ मत अन्तरले पराजित गरेका हुन् । मतदानमा लिङ्देनले १ हजार ८४४ मत प्राप्त गरेका थिए भने थापाले १ हजार ६७७ मत प्राप्त गरेका थिए । ४१३ मत बदर भएको थियो । 

स्पष्ट रुपमा देखिने गरी लिङ्देनलाई निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको साथ रहेको थियो । त्यस्तै थापालाई अर्का निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाले साथ दिएको भनिए पनि राणालेसमेत स्वविवेक प्रयोग गर्न भन्दै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ