arrow

सहमतीय सरकारका लागि पहल गर्ने माओवादी केन्द्रको निर्णय

logo
प्रकाशित २०७३ साउन १२ बुधबार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ । 
 
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय कार्यालयको बैठकले अध्यक्ष दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न राजनीतिक दलसँग वार्ता र संवाद गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । 
 
बैठकले बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले बाढीपहिरोमा परेका व्यक्तिको उद्धार तथा राहत वितरण कार्यमा सक्रियतापूर्वक लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिएको छ । 
 
साथै बैठकले महाधिवेशन आयोजक समितिका सदस्य हरिबहादुर केसी र उहाँको परिवारको प्यूठानको फोप्ली गाविसस्थित आफ्नै निवासमा पहिरोमा परी निधन भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । बैठक पुनः भोलि बिहान ८ बजे बस्नेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ