arrow

गोरखामा द्वन्द्वकालका ९२६ उजुरी

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
maoists.jpg.jpeg
गोरखा । दशवर्षे द्वन्द्वमा बढी प्रभावित भएकोमध्ये एक गोरखा जिल्लामा ९२६ द्वन्द्वकालीन घटनाका उजुरी आएका छन् । 
 
राज्य र तत्कालीन विद्रोही पक्षद्वारा भएका विभिन्न घटनाका बारेमा सत्यतथ्य छानबिन गर्न माग गर्दै स्थानीय शान्ति समितिको कार्यालयमा उजुरी परेको हो । 
 
सत्यनिरुपण तथा मेलमिलापतर्फ ८९५ ओटा उजुरी आएका छन् । तत्कालीन माओवादीले बेपत्ता बनाएको भन्दै छानबिन गर्न मागसहित ३१ जनाको उजुरी आएको स्थानीय शान्ति समितिका कार्यालय सचिव रुलबहादुर आलेले जानकारी दिए । साउन २६ गतेसम्म कार्यालयमा उजुरी दिन सकिने बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ