arrow

महाधिवेशनमा कांग्रेसले शक्ति प्रदर्शन नगर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
pm-deuba-dhangadhi-visit-kartik-05-2078.jpg

काठमाडौँ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार उनले कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाधिवेशनको उद्घाटनमा जनतालाई दुःख दिने गरी भिडभाड नगर्ने बताएका हुन् । कांग्रेसको १४ औं महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदै छ ।

प्रधानमन्त्री देउवाले आफूले पार्टीको विधानबमोजिम एक पटक पुनः सभापतिमा उम्मेदवारी दिने बताउँदै सहयोगका लागि सञ्चारकर्मीलाई आग्रह समेत गरे । उनले आफू प्रधानमन्त्री पनि रहेको र एक पटक पुनः सभापति जितेमा अझै राम्रो गर्ने उल्लेख गरे ।

आफू अहिले गठबन्धनका तर्फबाट प्रधानमन्त्री रहेको अवस्थामा पुनः सभापति हुँदा पार्टी र सरकारले राम्रो गर्ने उनको भनाइ थियो । साथै उनले आफू सभापति बन्ने यो मौका अन्तिम पटक भएको र त्यसपछि विधानले नै सभापति बन्न रोक्ने अवगत गराए । 

प्रधानमन्त्री देउवाले फरक प्रसङ्गमा सत्ता गठबन्धन दलहरुबीच चुनावी गठबन्धन तत्काल राष्ट्रियसभा सदस्य निर्वाचनसम्मका लागि तय भएको र बाँकी निर्वाचनमा के गर्ने भन्ने सम्बन्धमा छलफल हुन बाँकी रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ