arrow

रास्वपामा सहकारीसँगै घुस प्रकरण, अख्तियार मौन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
rsp-office-rastriya-swatant.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कहीँ कतैबाट पनि घुस नखाने र कसैले पनि पैसा नउठाएको बताउँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछाने र उनका पार्टीका नेताहरुको भनाइ सत्य सावित भएको छैन । 

काठमाडौँ जिल्ला अदालतले रास्वपाको कारबाहीमा परेका सांसद ढाकाकुमार श्रेष्ठ सम्बन्धी मुद्दामा फैसला सुनाएपछि सत्य सावित नभएको हो ।

रास्वपाको तर्फबाट महामन्त्री मुकुल ढकालले जनआस्था पत्रिकासहित पाँच जनाविरुद्ध अदालतमा २०८० जेठ १४ गते गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । 

उक्त मुद्दामा न्यायाधीश पदमराज पाण्डेयको इजलासले अन्तिम फैसला सुनाउँदै दाबी नपुग्ने फैसला सुनाएको हो । 

दुई करोड घुस मागेको अडियो टेप प्रकरणमा मुछिएका रवि लामिछानेको पार्टीका सांसद श्रेष्ठलाई कारबाही गरिएको थियो । 

उनलाई रास्वपाले सदस्यबाट निष्काशन गरेपछि उनको सांसद पद स्वतः खारेज भएको थियो ।  

उक्त प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत गम्भीरतापूर्वक हेरिरहेको बताइए पनि अहिलेसम्म कारबाहीको कुनै प्रकृया अघि बढेको छैन । 

भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा १ मा राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको कुनै व्यक्तिले ‘रिसवत लिएमा वा लिन मन्जुर गरेमा ‘कैद र बिगो बमोजिम जरिबाना हुने उल्लेख गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रेकर्ड गरिएको आवाजको परीक्षण गर्ने र पुष्टि भएपछि थप अनुसन्धान गर्न सक्ने बताएको थियो । 

सजाय हुने कसूर गर्न दुरुत्साहन दिने व्यक्तिलाई अन्य व्यक्ति वा राष्ट्र सेवकभन्दा आधा सजाय हुने व्यवस्था कानूनी व्यवस्था छ । उक्त व्यवस्थाका कारण सार्वजनिक ओहदामा नरहेका व्यक्ति पनि दण्डित हुन सक्छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ घुस मागेको सम्बन्धी अडियो विवादमा श्रेष्ठले जनआस्था साप्ताहिकमार्फत दिएको अभिव्यक्ति निराधार, कपोलकल्पित, एवं भ्रामक भएको जिकिरसहित मुकुलले मुद्दा दायर गरेका थिए । 

त्यतिबेला श्रेष्ठले घुस बार्गेनिङ गराउन ढकालसहितको भूमिका रहेको जिकिर सञ्चारमाध्यममार्फत गरेका थिए । ‘...सञ्चार माध्यममा मैले र पार्टी उपसभापति डीपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार छापिएकोमा मेरो गम्भीर गाली बेइज्जती हुँदै क्षति भएको छ’ उनको मुद्दामा भनिएको थियो ‘यसले म र हाम्रो पार्टीको मान, प्रतिष्ठा र इज्जतलाई धमिल्याउनको लागि पत्रिकामार्फत सार्वजनिक गरिएको षड्यन्त्र गरेकाले त्यसको क्षतिपूर्ति पाउनुपर्ने देखिन्छ ।’ 

उनले आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गरी मुद्दा दर्ता गरेका थिए । अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिने घोषणा गरेर ढकालले क्षणिक रुपमा चर्चामा आउने कोसिस गरेका थिए । 
रास्वपाभित्र श्रेष्ठलाई कारवाही भैरहँदा भने सभापति लामिछानेलाई  भने सहकारी ठगी प्रकरणमा उन्मुक्ति दिइएको छ । 

रवि लामिछाने सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी  सहकारीबाट ऋण लिएर गोर्खा मिडियामा लगानी गरेको आरोपमा मुछिएका छन् । 

उनकै विषयमा अहिले संसदीय छानबिन समितिमा छानबिन चलिरहेको छ । त्यसैगरी सभापति लामिछानेकी पत्नी निकिता पौडेल सत्यसाई सहकारीमा जोडिएकी छिन् भने उपसभापति डीपी अर्याल र कविन्द्र बुर्लाकोटी पनि सहकारी ठगी प्रकरणमा जोडिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ