arrow

रियल मड्रिडलाई च्याम्पियन्स कपमा झड्का

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
paris.jpg.jpeg
काठमाडौं। स्पेनिश लिग ला लिगा सुरु हुनुअघिको च्याम्पियन्स कप फुटबलमा रियल मड्रिडलाई झड्का लागेको छ। रियल मड्रिड फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेनसंग ३–१ ले पराजित भएको छ। पिएस्जीका लागि डेब्यु गर्ने क्रममा थोमस मुनियरले दुई गोल गरेसंगै रियल मड्रिड स्तव्ध बनेको हो। खेलको दोस्रो मिनेटमै नानितामो इकोनेले गोल गर्दै पिएस्जीलाई अग्रता दिलाए। त्यसपछि मुनियरले ३५ औं र ४० औं मिनेटमा गोल गर्दैै अग्रतालाई तेब्बरमा पुर्‍याए।
 
४४ औं मिनेटमा मार्सेलोले पेनाल्टीमार्फत गोल गर्दै रियल मड्रिडलाई ३–१ को स्थितिमा ल्याए। दोस्रो हाफमा गोल नहुँदा पिएस्जीले सहज जित हासिल गर्यो । यसअघि पिएस्जीले इन्टर मिलान र वेष्टब्रोमलाई पनि हराएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ